गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा आज सुनको मुल्य १ लाख १ हजार ४०० पुगेको छ । यो नेपाली सुन बजारको ईतिहासमा नै पहिलो उच्च मुल्य हो ।
नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण अन्तर्राष्ट्रिय बजार नै अस्थिर हुन थाले पछि नेपालमा सुनको भाउ दैनिक रुपमा बढ्दै गएको छ । हिजो मङ्गलबार प्रतितोला ९९ हजार ८०० मा कारोवार भएको सुन आज १ हजार ६०० ले वृद्धि भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुनको मूल्य पनि आज १ लाख ९०० निर्धारण गरिएको छ । चाँदीको मूल्य रु ६५ ले बढेर प्रतितोला ्१हजार २९५ पुगेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी चाँदी
प्रतिऔँस २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।



