गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । आज तोलाको ९९ हजार ८०० मा कारोबार भएको छ ।
आज (मंगलबार) तोलामा २०० बढेर प्रति तोलाको ९९ हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ नेपाली ईतिहासमा नै पहिलो पटक महँगो हो ।
कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको र ठूलाहरु देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ताले सुनमा लगानी गर्न थाले पछि भाउ महँगो हुँदै गएको महासङ्घले जनाएको छ ।
नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको थियो । लक डाउन खुले संगै उकालो लागेको सुनको भाउ तल झर्ने कुनै छाट देखिएको छैन ।
चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार २३० मा कारोबार भइरहेको छ ।



