गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार २०० पुगेको ्हो ।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुन चाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रुपमा बढेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुन आज ७०० ले बढेर नेपाली बजारमा नै नयाँ रेकर्ड कायम गरेको हो ।
तेजावी सुनको मुल्य भने प्रति तोलाको ९७ हजार ७६० तोकिएको छ ।
आज चाँदी तोलाको १ हजार २४५ मा कारोबार भइरहेको छ ।




















