गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सुनको भाउले अहिले सम्मकै उच्च भाउ कायम भएको छ ।
बुधबार सुनको भाउ तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएर अहिले सम्मकै उच्च भाउमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार मंगलबार (हिज) तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा तोलामा १ हजार ३०० बढेर अलिहे सम्मकै उच्च भाउ पुगेका छ ।
आज चादीमा ९५ रुपैयाँ प्रति तोला बढेर १ हजार १३५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित भएको अनुमान विज्ञहरुले गरेका छन् ।




















