गोरखा समाचारदाता
गोरखा – गोरखाको ट्राफिक प्रहरीले गएको आर्थिक बर्षमा ७२ लाख भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।
जिल्ला भित्रको सवारी नियम उल्लघंन गर्नेहरुबाट उत्त राजश्व संकलन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले आर्थिक वर्ष ०७६/०७७ मा ७२ लाख ७ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक मित्रलाल ढकालले बताए । ‘लामो समय सम्म लड डाउन हुदाँ पनि गत वर्षको तुलनामा यो बर्ष राजश्व संकलन भएको’ उनले बताए ।
जिल्लामा प्रर्याप्त ट्राफिक प्रहरी नभएका कारण पनि सवारी नियम उल्लघंन गर्नेहरुलाई कानूनी दायरामा ल्याउन नसकिएको र राजश्व आम्दानीमा कमी आएको हो । सदरमुकाम र केही मुख्य मुख्य बजार क्षेत्रमा मात्र पहुच ट्राफिक प्रहरीको पहुच रहेको छ ।
कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै गएको ३ बर्षमा गरेको कामको विवरण सार्वजनिक गरेको थियो । जस अनुसार गएको आ.ब.मा १ हजार ७५० वटा ट्रक/टिपर कारवाही गर्दा १३ लाख ३९ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको थियो ।
त्यस्तै गरी १ हजार १८९ वटा बसबाट १४ लाख ९० हजार ५००, २ हजार २५७ वटा कार/जीपलाई कारवाही गर्दा १५ लाख ५४ हजार ५०० राजश्व संकलन भएको थियो । कार्यालयले १ हजार ७४९ वटा ट्याक्टरबाट ११ लाख ८३ हजार र २ हजार ९८३ वटा मोटरसाईकललाई कारवाही गर्दा २१ लाख ८९ हजार राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
गएको आर्थिक बर्षमा कुल १० हजार १५० वटा सवारी साधनलाई कानूनी विपरीत काम गरेको भन्दै ट्राफिक प्रहरीले कारवाही गरेको थियो ।
नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सरकारले लकडाउन गरेको चैत्र देखी असार मसान्त सम्ममा मात्रै पनि कार्यालयले १ हजार ८५० सवारी साधानलाई कानून विपरीत कार्य गरेकोमा कारवाही गरेको कार्यालयले जनाएको छ ।



