काठमाण्डौं – नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।
सुनको भाउ आज (मंगलबार) तोलामा १०० रुपैयाँले घटेर ९२ हजार २०० मा कारोबार भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजो (सोमबार) सुन तोलामा २०० रुपैयाँ बढेर तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ घटे पनि चाँदीको भाउ बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको ९९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



