गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा आज सुनको मूल्य प्रति तोला ९० हजार ९०० मा कारोबार भएको छ ।
आज प्रति तोला ७०० रुपैयाँले बढेर नेपाली बजारमा सुनको मुल्य प्रति तोला ९० हजार ९०० मा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ तोकेको जनाएको छ ।
हिजो छापावाल सुन ९० हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आजै चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ९५० रुपैयाँमा कारोबार भएको छ ।
लकडाउनपछि जेठ २५ गतेदेखि सुरु भएको सुनको मूल्य निरन्तर बढिरहेको छ ।
लकडाउन हुनु अघिल्लो दिन चैत १० गते सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।



