गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा आज सुनको भाउ ९० हजार ५०० रहेको छ ।
आज शुक्रबार सुन तोलामा ५०० रुपैयाँ घटेर ९० हजार ५०० कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजो (बिहीबार) तोलामा ७०० रुपैयाँ घटेर ९१ हजारमा कारोबार भएकोमा आज पनि तोलामा ५०० रुपैयाँ घटे पछि ९० हजार ५०० तोकिएको हो ।
गएको बुधबार नेपाली बजारमा अहिले सम्मकै नयाँ रेकर्ड बनाएर तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।



