गोरखा समाचारदाता
पाल्पा – पाल्पामा एकैदिन १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको निस्दी, पूर्वखोला, रम्भा, तिनाउ गाउँपालिका र तानसेन नगरपालिकामा गरी १२१ जनामा संक्रमण पुष्टी भएको हो । यो संगै पाल्पामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३६६ पुगेको छ ।
निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार निस्दीका ९३ जनाको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका संक्रमण पुष्टि भएको हो । अन्य सबैको प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।
पाल्पामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गईसकेको छ ।


