एजेन्सी – बेलायतमा कोरोना भाइरस विरुद्धको नयाँ खोपको मानवमा परीक्षण शुरु भएको छ ।
इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण शुरु भएको हो ।
स्वतस्फूर्त परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया बैज्ञानिकहरुले शुरु गरेका हुन् ।
झण्डै ३०० जनालाई आगामी हप्तासम्ममा कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिइने बताइएको छ ।
पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण अक्टोबरमा हुनेछ ।
इम्पेरियल कलेजका वैज्ञानिकले परीक्षणमा रहेको खोप आगामी जनवरीसम्ममा बेलायत तथा विश्वका अरु देशमा पनि वितरण गर्न सकिने बताएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भई सकेको छ । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।
विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित १२० प्रकारका खोपको अध्ययन र परीक्षण भइरहेको छ ।


