गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित नवौं ब्यक्ति घर फर्किएको छ ।
देशको विभिन्न ३ वटा प्रयोशालाबाट संक्रमित ब्यक्तिको रिर्पोट नेगेटिभ आएको र १४ दिन आइसोलेशनमा बसेर उपचार पनि निको भएकोे भन्दै घर फर्काइएको हो । यो सहित गोरखामा आइसोलेशनमा बसेर उपचार पछि घर फर्कन ब्यक्तिको संख्या ९ पुगेको छ ।
निको भएर घर फर्कनेमा भीमसेन थापा गाउँपालिका ६ की २८ बर्षिया महिला रहेको गोरखा अस्पतालले जनाएको छ । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाण्डौं, शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियस डिजिज हस्पिटल काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोशाला गण्डकी प्रदेश पोखराबाट प्राप्त कोभिड–१९ पिसिआर रिर्पोट नेगेटिभ.आए पछि महिलालाई घर पठाईएको’ गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।



