गोरखा समाचारदाता
पोखरा – कोरोना भाइसर संक्रमित एक ब्यक्तिको ज्यान गएको छ ।
संक्रमित ब्यक्तिको गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा उपचाररत उपचाररत ब्यक्ति भएको पुष्टी भएको हो । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको बुधबार राति ११ः३५ मा निधन भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिठानले प्रेस बिज्ञप्तीमा भनिएको छ ।
असार ८ गते अस्पतालमा भर्ना भएका उनी कोभिड १९, सेभेरा, निमोनिया र डायबेटिजबाट ग्रस्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
यसअघि कोरोनाबाट स्याङ्जाको वालिङका ५८ वर्षे पुरुषको निधन भइसकेको छ ।





















