गोरखा समाचारदाता
पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट बिहीबार बिहान ४ जिल्लाका ११ जना संक्रमित भएका छन् ।
म्याग्दी, स्याङ्जा, बागलुङ र नवलपुर जिल्लाका ११ जना संक्रमित पुष्टी भएका हुन् । यो सहित गडण्की प्रदेशमा संक्रमितको संख्या ७५३ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा बिहीबार बिहान ४ जिल्लामा ११ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा छन् ।
संक्रमितलाई व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।



