गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकाले आ.ब. २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
नगरपालिकाले बुधबार पालिकाकै कार्यकक्षमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरसका कारण बन्दाबन्दीमा परेका ब्यवसायीहरुलाई ब्ययकरमा २५ प्रतिशत छुट देखी विपद संग जुध्ने खालका पाठ्यक्रम बिकास गर्ने रहेको छ ।
नगर प्रमुख राजनराज पन्तले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शैक्षिक संस्थाले नियमन तथा शुल्क नियन्त्रण गरिने, मदसा तथा गुरुकुल जस्तालाई शिक्षाको मुल धारमा ल्याउने, दलित, अपाङ्गलाई नगरप्रमुख छात्रबृत्ति, स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थीहरुलाई अनुसन्धान कार्यमा प्राविधिक तथा आर्थिक सहयोगको प्याकेज समेत सार्वजनिक गरिएको छ ।
विदेशमा भएका युवाहरुलाई स्वदेशमा ल्याइ रोजगारी दिने, आयुर्वेद, युनानी, मोमियोप्याथी एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार, गर्भवती तथा सुत्केरी अपाङ्ग, अति गरिब, विपन्नका परिवारलाई उद्वार गर्न नगर उप–प्रमुख गर्भवती उद्वार कोको स्थापना, किशोर किशोरीलाई लागु औषध न्यूनिकरण गर्न कार्यक्रम सञ्चालन, जडिबुटी खेतीलाई उत्पे्रतिर गरी गोरखा बजारमा नै आयुर्वेद औषधी उत्पादनको शुरुवात गर्ने समेत आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
निकै महवंकाक्षी देखिएको नीति तथा कार्यक्रममा कला, साहित्य र संस्कृती, गेर सरकारी संघ संस्था, जेष्ठ नागरिक लक्षित कार्यक्रम, दलित समुदाय, बालबालिका, महिला, आदिबासी जनजाती,, अशक्त/अपाङ्ग र किशोर किशोरीलाई विशेष कार्यक्रमको समेत घोषणा गरिएको छ ।
नीति तथा कार्यक्रममा प्राविधिक कलेज अध्ययन गरेका विद्यार्थीहरुलाई किसानको खेर गएको जमिन उपलब्ध गराएर प्रयोगात्मक कक्ष सञ्चालन गर्ने, किसानका लागि मोबाईल एप, कौशी खेती, फलपूmल नर्सरी, च्याउ खेती, माहुरी पालनलाई प्रार्थमिकता दिने, एक वडा एक सहकारीको सिद्वान्त अनुसार एकीकरणको नीति अबलम्बन गरिने, सहरकारीको नाममा नाफा कमाउने सहकारीलाई कारवाही गरिने, कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरिने, नगर क्षेत्र भित्रको बिद्युत लाईनलाई ब्यवस्थित गर्ने, काठेपुल विस्थापन, पर्यटकीय स्थलमा सौय बक्ति जडान, गोरखामा पर्यटक भित्राउन ‘घरबास पर्यटन’ कार्यक्रम, नगर सुरक्षाका लागि सिसी क्यामेरा जडानलाई निरञ्तरता दिने र सार्वजनिक जमिनको अतिक्रमण रोक्ने सम्मका बिषयबस्तुहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
गोरखा नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा के के छ त अध्ययन गरौ


