गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड१९)बाट बुधबार नेपालमा थप ६२९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न जिल्लामा गरी ६२९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



