गोरखा समाचारदाता
काठमाण्डौं – आज बसेको नेकपा स्थायी कििमटीको बैठकले ७ वटा एजेन्डा तयार गर्दै सम्पन्न भएको छ ।
प्रधनामन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न ७ बुदे एजेन्डा तयार पार्दै बैठक सम्पन्न भएको हो ।
बैठकमा एमसीसीको बारेमा निर्णय हुने भनिएको भएता पनि स्थायी कमिटीले छलफलको एजेण्डा मात्रै तय गरेको छ । स्थायी कमिटी बैठकले आगामी शुक्रबार बस्ने बैठकका लागि ७ बुँदे एजेण्डा तय गरेको हो ।
कोरोना संक्रमण नियन्त्रण, सरकार र पार्टीका कामको समिक्षा, सीमा समस्या समाधान, मिलेनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसीसी’ विवादलाई बैठकको एजेण्डा बनाएको बैठकमा सहभागी एक नेताले बताए ।
त्यस्तै बैठकमा रुकुम घटना, नागरिकता सम्बन्धी विधेयक, कोरोना संकट अबधिभर संघीय र प्रदेशसभा सदस्यले बैठक भत्ता नलिने विषयलाई पनि छलफलको एजेण्डा बनाइएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टी र सरकारको कामबारे खुलेर धारणा राख्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ ।


