गोरखा समाचारदाता
रौतहट – रौतहटको हजमिनियामा बसमा बम विस्फोट गराएको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१० बर्ष अगाडी हजमिनियामा यात्रुबाहक बसमा बम विस्फोट गराएको आरोपमा शेख गुलाम सरवर र दिलिप कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।्
२०६७ सालमा गौर–चन्द्रनिगाहपुर सडकखण्डको हजमिनियामा भएको बम विष्फोटको आरोपमा प्रहरीले इशनाथ नगरपालिका सरवर र साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तात्कालिन अवस्थामा उत्त विष्फोटको जिम्मा भूमिगत समूह तराई जनतान्त्रीक मुक्ती मोर्चाले लिएको थियो । दुवै जनाकोट ‘ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी’ मुद्दा अदालतमा विचाराधिन रहेको छ ।
२०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना. २ ख ५७२१ नम्बरको बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।




















