गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बस्दैछ ।
वैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसुची छ ।
पटकपटक स्थगित हुँदै स्थायी समितिको बैठक अहिले बस्दै गरेको हो । बैठकमा सरकारको कार्य सञ्चालन र एससीसी विवादमा केन्द्रित हुने अनुमान गरिएको छ ।
बैठकमा सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने छ ।
बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित र आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि सहभागी हुनेछ ।




















