गोरखा समाचारदाता
पोखरा – नोबल कोरोना भाइरसले गण्डकी प्रदेशमा बुधबार ३२ जना संक्रमित भएका छन् ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ३२ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ७२९ जना पुगेको छ ।
प्राप्त विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखा, तनहुँ र १/१ जनामा कोरोना पुष्टि भएको छ । बागलुङमा ९, नवलपुरमा ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।
लमजुङको मध्यनेपाल नगरपालिकाका ४ पुरुष, बेसिसहर नपाका १ महिला, पर्वतको कुस्माका १ महिला, स्याङ्जाको आँधिखोला र अर्जुन चौपारी गापामा १/१ पुरुष, बालिङमा ३० महिने बालिकासहित २४ वर्षे १ महिला र ३ पुरुषमा कोरोना पुष्टि भएको हो ।
कास्कीको पोखरा महानगरका १ पुरुष र २ महिला, मादी गाउँपालिकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको हो ।
गोरखाको गण्डकी गाउँपालिकाका १ पुरुष, बागलुङको बरेङ गाउँपालिकामा ८ र
जैमिनी गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।
तनहुँको देवघाट गाउँपालिकाका १ पुरुष, नवलपुरको गैंडाकोट नपाका ३ महिलामा समेत कोरोना देखिएको छ ।
पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



