गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट बुधबार १ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गण्डकी गाउँपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो । यो संगै अब गोरखामा कोरोना भाइरसका कारण संक्रमण हुनेको संख्या ७० पुगेको छ ।
गाउँपालिकाको क्वारिन्टीनमा बसेका ४२ बर्षिय पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान ६ः२० बजे जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
संक्रमित ब्यक्ति गण्डकी गाउँपालिका वडा नम्बर ४ का हुन् । संक्रमित ब्यक्ति भारतबाट आएर जेष्ठ १६ गते देखी बिर्गेश्व माविको क्वारिन्टीनमा बस्दै आएको गाउँपालिकाका स्वास्थ्य प्रमुख बेली श्रेष्ठले बताईन् ।
संक्रमित ब्यत्तिलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको गाउँपालिकाले जनाएको छ ।
संक्रमित मध्ये आज सम्म ८ जना उपचार पछि घर फर्किसकेका छन् ।



