गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट मंगलबार थप ५३८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न जिल्लामा गरी थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गगरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणका क्रममा ५३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नै डा.गौतमले कोरोना संक्रमणकै कारण थप १ जनाले ज्यान गुमाएको बताए । यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ जना पुगेको छ ।



