गोरखा समाचारदाता
काठमाण्डौं – अष्ट्रेलियामा ठगीको आरोपमा गिरी र भट्टराई थरका २ जना नेपाली पक्राउ परको छन् ।
सिड्नी प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेका हुन् ।
उनीहरुले ८५ बर्षिया बृद्वालाई छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
वृद्व महिलालाई बैंकबाट बोलेको भन्दै नयाँ खाता खोल्न र पैसा हाल्न भने पछि पैसा लिन वृद्धाकै घरमा पुगेका बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
दुवैलाई स्थानीय अदालतमा उपस्थित गराइएको छ । अदालतले उनीहरुलाई जमानत दिन नमाने पछि आगामी अगष्ट २० मा अदालतमा सुनुवाई हुने भएको छ ।




















