गोरखा समाचारदाता
गोरखा – जिल्लाको शहिद लखन गाउँपालिकाको क्वारिन्टीनमा बसेकाहरुलाई ‘इमुनो केयर’ खुवाउन सुरु गरिएको छ ।
गोरखा आयुवेद कम्पनीले उत्पादन गरेको ‘इमुनो केयर’ खुवाउन सुरु गरिएको हो ।
नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगाउने उद्वेश्यका साथ पालिकाले क्वारिन्टीनमा बस्नेहरुलाई ‘इमुनो केयर’ खुवाउन थालेको गाउँपालिकाले जनाएको छ । ‘भाइरसमा प्रतिरोधी क्षमता भएका कारण क्वारिन्टीनमा बसेकाहरुलाई ‘इमुनो केयर’ नामक औषधी खुवाउन थालिएको’ पालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पालिका भित्र रहेको मनकामना मावि मनकामना, भगवती हिमालय मावी घैरुङ बतासे, शहिद स्मृती मावि बुंकोट र महारुद्व आधारभुत विद्यालयमा रहेका ५३ जनालाई औषधी सेवन गराईएको छ ।
नेपालमा नै पाईने गुर्जो, अश्वगन्धा, जेठी मधु, तुलसी, त्रिकटु (अदुवा, मरिच र पिप्ला), बेसार जस्ता कच्चा पदार्थ प्रयोग गरेर कम्पनीले हालै बजारमा ल्याएको उत्त औषधी क्वारिन्टीनमा बस्नेहरुलाई खुवाउन थालिएको छ ।
‘हामीले २ बर्ष अगाडी देखी शरिरीक क्षमता बृद्वि गर्ने औषधीको अनुसन्धान गरिरहेका थियौ । त्यो सफलता संगै ‘इमुनो केयर’ नाम राखेर बजारमा औषधी ल्याएका हौ’ गोरखा आयुवैध कम्पनीका निर्देशक सञ्चालक खेमराज भट्टराईले भने । ‘हामीले पहिलो चरणमा कुनै पनि भाइरस बिरुद्व शरिरमा क्षमता बढाउन सक्ने गरी ‘इमुनो केयर’ ल्यायौ’ निर्देशक भट्टराईले भने । यही औषधी भारतमा फरक नामले उत्पादन हुदै आएको समेत उनले बताए ।
अब्बल आयुवेदिक औषधी उत्पादन गरी पश्चिमा देशहरुमा निर्यात गर्दै आएको कम्पनीले पछिल्लो पटक नेपाल र भारतका विज्ञहरुको सुझावमा यो औषधी नेपाली बजारमा ल्याएको हो । हालै उत्पादन सुरु गरेको यो औषधी १ महिनाको अवधिमा देशै भरको शहरमा पुरयाउन कम्पनी सफल भएको छ ।
कम्पनीले यो औषधीले ३ देखी ७ दिनमा शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने दावी समेत गरेको छ । ‘इमुनो केयर’का बारेमा सञ्चार माध्यममा सामाग्री प्रशारण हुन थाले पछि पालिकाले ५० फाइल ट्याब्लेट र ५० फाइल सिरप खरिद गरेर लगेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उत्पादन भएको १ महिनामा नै अहिले यसको माग ह्वात्तै बढेको छ । यो औषधी झोर ट्याब्लेट दुवैमा उत्पादन गरिएको छ ।



