गोरखा समाचारदाता
रसुवा – बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजना र सुख्खा बन्दरगाहमा क्षति पुर्याएको छ ।
अबिरल वर्षासँगै आएको बाढी भोटेकोसी नदीले टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजना र सुख्खा बन्दरगाहलाई क्षति पुरयाएको हो ।
लेन्दे खोलामा आएको बाढी भोटेकोसीमा मिसिए पछि आएको बाढीले दुवै आयोजनालाई क्षति पुरयाएको छ । बाढीले बन्दरगाहमा रहेको एउटा टिपर, एउटा जेसिभी, एउटा लोडर बगाएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।
बाढीबाट बन्दरगाह निर्माणका लागि कामदार बस्दै आएको आवासमा समेत बाढीले क्षति पुगेको छ । यस्तै सुख्खा बन्दरगाह नजिकै रसुवागढी जलविद्युत आयोजनामा जाने पुलमा समेत क्षति पुगेको छ । रसुवागढी जलविद्युत आयोजनाको बाँध समेत बाढीले भत्काएको छ ।
आयोजना निर्माणमा प्रयोग हुने केही उपकरण समेत बाढीले बगाएको छ ।




















