गोरखा समाचारदाता
आँबुखैरेनी – तनहुँको आँबुखैरेनी बजार नजिकै पहिरो खसेको छ । पहिरोका कारण आँबुखैरेनी – मुग्लीन सडक पुर्णरुपमा अबरुद्व भएको छ ।
आईतबार र सोमबारको अबिरल बर्षा पछि उत्त स्थानमा पहिरो खसेको हो ।
तनहुँको आँबुखैरेनी बजार नजिकै सडकमाथिबाट खसेको पहिरोका कारण मुग्लिनबाट आँबुखैरेनी हुदै र आँवुखैरेनी देखी मुग्लीन हुदै देशको विभिन्न भागमा जाने सवारी रोकिएको आँबुखैरेनी प्रहरी चौकीले जानकारी दिएको छ ।
पहिरोका कारण बिहानै देखी सडक अबरुद्ध भएको छ । आज बिहान सडकमाथिबाट पहिरो खसेको हो ।
पहिरो पन्छाउने काम शुरु भएता पनि माथि पहराबाट खस्ने क्रम जारी रहेकोले दिउसो सम्म सडक खुल्ला गर्न सकिने प्रहरीले जनाएको छ ।




















