एजेन्सी – साउदी अरेबियाले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्का मदिनामा प्रतिबन्ध लगाइएको हो ।
यो वर्ष साउदी अरेबियका तीर्थयात्रीले मात्र भाग लिन पाउने साउदी सरकारले गरेको हो । देशभित्रका नागरिकलाई पनि सीमित संख्यालाई मात्र प्रवेश दिइने साउदी सरकारले स्पष्ट पारेको छ ।
यसका लागि सबै सुरक्षाका उपाय अपनाउनुपर्ने ब्यवस्था पनि गरिएको छ । बकर इदको समयमा हुने हज यस वर्ष आउँदो अगस्टको पहिलो साता हुँदैछ ।
प्रत्येक वर्ष हज गर्न २० लाखभन्दा बढी मुसलमान समुदायका मानिस साउदीको मक्का मदिना पुग्ने गर्दछन् ।


