गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट सोमबार साँझ ११ जना संक्रमित भएको पुष्टी भएको छ ।
जिल्लाको गण्डकी, भीमसेन थापा र शहिद लखन गाउँपालिकामा ११ जना संक्रमित भएको पुष्टी भएको हो । अब यो संगै गोरखामा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले राती ८ः३० बजे जारी गरेको सूचना अनुसार गोरखाको ३ वटा गाउँपालिकामा रहेका ११ जनामा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रबत्ता डा.बिनोद बिन्दु शर्माले टेलिफोन मार्फत जानकारी दिए ।
प्रबत्ता शर्माका अनुसार गोरखाको गण्डकी गाउँपालिकामा रहेमा १८, ३१ र १९ बर्षका पुरुषमा संक्रमण देखिएको छ भने भीमसेन थापा गाउँपालिकामा २० र २५ बर्षिया २ जना महिला सहित ३०, ५७ र २८ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
त्यस्तै गरी जिल्लाको शहिदलखन गाउँपालिकामा ३ जना पुरुषमा संक्रमण पुष्टी भएको छ । उनीहरु २३, ५२ र २३ बर्षका पुरुष भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई भोली जिल्ला सदरमुकामको गोरखा क्याम्पसमा रहेका आईसोलेशनमा ल्याउने तयारी भई रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।




