गोरखा समारचारदाता
बारा – बाराको बंगेरी पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको ज्यान गएको छ ।
ज्यान जानेहरुमा निजगढ नगरपालिका वडा नम्बर १० का डम्बर लामा र सोही ठाउँ बस्ने रामबहादुर मोक्तान रहेका छन् ।
बंगरी पुल नजिकै ना. ४ ख ८१६५ नम्बरको ट्रकले बा. ५२ प ३९९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई नियत्रणमा लिएको छ ।
बाराका प्रहरीका अनुसार मोटरसाइकलमा सवार लामाको घट्ना स्थलमै र मोक्तानलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।




















