गोरखा समाचारदाता
हेटौंडा – सुस्मिता थापाको हत्यामा ससुरा र नन्दको संलग्नता देखिएको छ ।
असार २ गते घरकै भान्सा कोठामा थापा मृत अवस्थामा भेटिएकी थिईन् । हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी थापा स्व.श्रीमानको ६ महिनामा गनुपर्ने काममा लागि माईतबाट घर आएकी थिईन ।
प्रहरीले अनुसन्धानपछि हत्यामा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी कार्यालयले जननएको छ ।
असार २ गते खाना खाने समयमा विवाद भएको र भान्सा कोठामै लोहोराले हानेर सुस्मिताको हत्या भएको अनुसन्धानका क्रममा खुलेको छ । घटनाको हुन सुस्मिताकी सासुले रोक्ने प्रयास गरे पनि ससुरा र नन्दले विभत्स ढंगबाट हत्या गरेका थिए ।
सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दुर्घटनामा ज्यान गएको थियो ।
ससुरा र नन्दलाई प्रहरीले हिरासतमा राखी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।
सुस्मिताको टाउकोको पछिल्लो भागमा गहिरोे चोट लागेको, आँखासमेत फुटेको पोष्टमार्टम रिपोर्टले देखाएको थियो । उनको घाँटी र अन्य भागमा समेत चोट देखिएको प्रहरीले जनाएको छ । सुस्मिताको शव भान्छाकोठामै भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको थियो ।


