गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको केही काम नदेखेको भन्दै राजीनामा दिएका हुन् ।
‘पछिल्लो समय भ्रष्ट्राचार मौलाएको र काम गर्ने अधिकार समेत नभएको भन्दै मनाङेले नैतिकताको आधारमा राजिनामा दिएको जनाएको छ ।


