गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड१९)बाट आज सोमबार थप ५३५ जना संक्रमित भएको पुष्टी भएको छ ।
देशको विभिन्न जिल्लामा गरी थप ५३५ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले आज मात्रै ५३५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा डा.गौतमले संक्रमित मध्ये आज सम्म २ हजार ५१२ जना उपचार पछि घर फर्किएको समेत जानकारी दिए ।
आइसोलेसनमा ७ हजार ७८९ जना रहेको र देश भरको क्वारिन्टीनमा ९९ हजार ७३० जना रहेका छन् ।




















