गोरखा समाचारदाता
गोरखा – गोरखाको चोरकाटेमा भएको महिला हिंसा सम्वन्धी मुद्वामा प्रहरीले मिलापत्र गर्न दवाव दिएको खुलेको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका ५ जरेबरमा पसल गरेर बस्ने लक्ष्मी रेग्मीलाई कुटपिट गरेको मुद्वामा छलफल गरी मिलापत्र गर्न दवाव दिएको खुलेको हो ।
गएको ६ गते सनिबार जरेबरमा पसल गरी बस्ने रेग्मीलाई स्थानिय किसान श्रेष्ठले लेनदेनको बिषयमा कुटपिट गर्दा रेग्मी घाईते भएकी थिईन । उनलाई चोरकाटे प्रहरीले छेवेटारमा सामान्य उपचार गराएर चितवन पठाएको चोरकाटे प्रहरी चौकीका इन्चार्ज केशबहादुर पौडेल बताए । ‘जिल्लाबाट भोली एक पटक छलफल गराउन भनेको’ पौडेलले बताए ।
‘प्रहरीले महिलाको उपचारका लागि ल्याउदा नाकबाट रगत बगिरहेकोले हामीले सामान्य उपचार पछि चितवन पठाएका हौ’ पृथ्वीनारायण सामुदाकिय अस्पतालका चिकित्सकले बताए । ‘अवस्था गंभिर जस्तो लाग्यो, तत्कालै चितवन थप उपचारका लागि पठायौं’ ति चकित्सकले भने ।
उपचार पछि उनी सोमबार जिल्ला प्रहरी कार्यालय गोरखामा मुद्वा दर्ता गर्न आउदा पहिला उतै प्रहरी चौकीमा बसेर छलफल गरेर मात्र आउन भनेको पिडित महिलाले बताईन । श्रेष्ठले पसलमा खाजा खाएको ८÷१० हजार पुगेका र पटक पटक पैसा माग्दा समेत नदिएकाले सनिबार बिहान भेट भएको बेला पनि पैसाको कुरा गर्दा उनी एक्कासी रिसाएर मार्ने धम्की दिएको बताईन ।
‘खाजा खाएको पैसा धेरै नै बाँकी भएकोले पैसाको कुरा उठाउदा आफुमाथि कुटपिट भएको’ पिडित रेग्मीले बताईन । ‘किसानले अनुहार र टाउकोमा मुक्काले हानेर म ढले । कसो कसो गरेर उठेर हातमा टोकिए अनि बल्ल त्यहाँबाट भाग्यो । त्यस पछि आफुले केही थाहा नपाएको’ उनले बताईन ।
घटनलाई प्रत्येक्ष रुपमा देख्ने स्थानियले भने विवाद पछि सबै जना लाखापाखा लागे पछि पिडित माथि श्रेष्ठले हातपात गरेका थिए । मादक पदार्थ सेवन गरेर आएका उनले ति महिलालाई आमाचकारी गाली गर्दै मुक्कै मुक्काले हानेको समेत बताए ।
घटना लगत्तै पुगेको प्रहरीले उनको तस्बिर समेत खिचेर लगेको स्थानियले बताए ।
यता घटनाका आरोपी किसान श्रेष्ठ भने आफुले केही पैसा तिर्न बाँकी भएको स्विकार गर्दै अरुले नदिएको पैसाको बहानामा विवाद गरेको तर आफुले कुटपिट नगरेको बताए । ‘महिला माथि मैले कसरी हातपात गर्ने ?’ उल्टै उनले प्रश्न समेत गरे ।
श्रेष्ठले विवाद भएको स्विकार गरे पनि महिलालाई गाली गलौच र हातपात नगरेको बताए । ‘म संग बाहिर सडकमा विवाद भएको हो ।
हिलाले बरु उल्टै मेरो गंजि च्याचिदिए पछि साथीको स्कुटरमा घर तर्फ फर्किएको’ श्रेष्ठले बताए । ‘कसले कुटेर रगत आयो त्यो चाही मलाई थाहा भएन’ उनले भने ।
सोही घटनालाई लिएर भोली (मंगलबार) वडाध्यक्ष सहित पिडित भनिएका रेग्मी र पिडक भनिएका श्रेष्ठ विच चोरकाटे प्रहरी चौकीमा छलफल हुने भएको छ ।
तत्कालै पक्राउ गरी पठाउनु भनेको छु : प्रनि घिताल
जिल्ला प्रहरी कार्यालय गोरखामा महिला शेलको जिम्मेवारी पाएको प्रहरी निरिक्षक सिमोन घितालले आरोपितलाई तत्कालै पक्राउ गरी जिल्ला पठाउन चौकीलाई भनेको बताईन । ‘घटनाका बिषयमा पिडित महिला संग कुराकानी भएको’ भन्दै ‘आरोपितलाई तत्कालै पक्राउ गरी जिल्ला पठाउन आफुले चौकीलाई भनेको’ बताईन ।
आरोपितलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याउनसाथ पिडित महिलालाई डाकी थप कुरा बुझने घितालले बताईन ।




















