गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड१९)का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७० हजार ७०० नाघेको छ ।
कोरोना संक्रमणबाट सबै भन्दा बढी प्रभावित अमेरिका, ब्राजिल, रुस र भारतलाई परेको छ । यी देशमा मात्रै १ लाख ९४ हजार ७२० जनाले ज्यान गुमाई सकेको छ ।
संक्रमित धेरै भएका यि देश बाहेक पनि बेलायतमा ४२ हजार ६३२ जना, स्पेनमा २८ हजार ३२३ जना, पेरुमा ८ हजार ४५ जना, चिली ४ हजार ४७९ जना र इटालीमा ३४ हजार ६३४ जनाको ज्यान गई सकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार फ्रान्समा २९ हजार ६४० जना, मेक्सिको २१ हजार ८२५ जना, क्यानठा ८ हजार ४३० जना, बेल्जियम ९ हजार ६९६ जनाले ज्यान गुमाई सकेका छन् ।
विश्व भर फैलिसकेको कोरोना भाइरसबाटका कारण अहिले सम्म संक्रमित हुनेको संख्या ९० लाख ४६ हजार भन्दा बढी मानिस संक्रमित भई सकेका छन् ।
अमेरिकामा संक्रमितको संख्या २३ लाख ५६ हजार नाघेको छ । ब्राजिलमा १० लाख ८७ हजार भन्दा बढीलाई संक्रमण भई सकेको छ भने रुसमा ५ लाख ८४ हजार र भारतमा ४ लाख २७ हजार भन्दा बढीलाई संक्रमण भई सकेको छ ।
संक्रमित मध्ये अहिले सम्म विश्व भरीमा ४८ लाख ३८ हजार भन्दा बढी मानिस सफल उपचार पछि आफ्नो घर फर्किएका छन् ।


