गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमण
गोरखा समाचारदाता
पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट सोमबार थप २० जनामा संक्रमित भएको पुष्टि भएको छ ।
स्याङ्जा र नवलपुरमा गरी २० जनामा संक्रमण देखिएको पुष्टी भएको हो । यो सहित अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।
स्याङ्जाको अर्जुनचौपारीका १० र कालीगण्डकीका २ जनामा र नवलपुरको बौंदीकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ । सोमबार बिहान ६ः३० बजे सूचना प्रकाशन गरी निर्देशनालयले दुवै जिल्लामा गरी २० जनालाई संक्रमण भएको पुष्टी गरेको हो ।
प्राप्त विवरण अनुसार स्याङजाको अर्जुन चौपारी गाउँपालिकाका ७ बर्षिय बालक ३ जना, १६ बर्षका १ जना, ३० बर्षका २ जना र ३१ बर्षका १ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी सोही गाउँपालिकाको ६ बर्षिया बालिका र ५० बर्षिया महिलामा पनि संक्रमण पुष्टी भएको छ । स्याङजाकै कालिगण्डकी गाउँपालिकाका १४ बर्षिय बालक र ४८ बर्षिय पुरुषलाई पनि संक्रमण भएको छ ।
यता नवलपुरको बौदीकाली गाउँपालिकामा ८ जनालाई संक्रमण पुष्टी भएको छ । २१, ५०, २०, २९, १८, ४२, २१ र १९ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ ।
संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका हुन् । सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको छ ।



