गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाईरस (कोभिड–१९)का कारण नेपालमा २३ औं ब्यक्तिको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आईतबार) गरेको नियमित पत्रकार सम्मेलनमा २३ औं ब्यक्तिको ज्यान गएको पुष्टी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।
मृत्तक ब्यक्ति प्यारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका थिए । उनको असार ५ गते होम क्वारेन्टाइनमै ज्यान गएको हो।
ज्यान गए पछि पीसीआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ।




















