गोरखा समाचारदाता
काठमाण्डौं – बिदेशी महिलाले अब अंगीकृत नागरिकता ७ बर्षमा नै पाउने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको हो ।
समितिको आज (आइतबार)को बैठकबाट बहुमतका आधारमा नागरिकता संशोधन विधेयक पारित गरिएको छ ।
प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् ।




















