गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज ४२१ जना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न जिल्लामा गरी ४२१ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आईतबार) गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा।जागेश्वर गौतमले ४२१ जनामा कोरोना संक्रमण पुष्टी भए संगै संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।
संक्रमित मध्ये ९५ प्रतिशत विदेशबाट आएका हुन् । त्यस मध्ये पनि ९२ प्रतिशत भारतबाट आएका मानिसमा कोरोना संक्रमण देखिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।





















