गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा आज प्रति तोला सुनको मूल्य ९० हजार ६ सयमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रति तोला ७०० रुपैयाँ बढेर ९० हजार ६०० मा कारोबार भएको हो ।
करोरोना संक्रमण संगै विश्वभर महंगीएको सुनको मूल्य नेपालमा कर बढेपछि झनै आकाशिएको हो।
गएको शुक्रबार नेपाली बजारमा प्रतितोला सुन ८९ हजार ९०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार आगामी दिनमा पनि सुनको मुल्य बढेर जान सक्ने छ ।




















