गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट विश्व नै आतंकीत भई रहेको बेला गोरखामा रहेको आयुवैध कम्पनीले भाइरस प्रतिरोधी क्षमताको औषधी बजारमा ल्याएको छ ।
विभिन्न जडिबुट्टी समाबेश गएिको इमुनो केयर नामक औषधी बजारमा ल्याएको हो ।
नेपालमा नै पाईने गुर्जो, अश्वगन्धा, जेठी मधु, तुलसी, त्रिकटु (अदुवा, मरिच र पिप्ला), बेसार जस्ता कच्चा पदार्थ प्रयोग गरि इमुनो केयर आयुवैधिक औषधी बजारमा ल्याएको हो । ‘हामीले २ बर्ष अगाडी देखी शरिरीक क्षमता बृद्वि गर्ने औषधीको अनुसन्धान गरिरहेका थियौ । त्यो सफलता संगै इमुनो केयर नाम राखेर बजारमा औषधी ल्याएका हौ’ भन्छन् गोरखा आयुवैध कम्पनीका निर्देशक सञ्चालक खेमराज भट्टराई ।
अब्बल आयुवैधिक औषधी उत्पादन गरी पश्चिमा देशहरुमा निर्यात गर्दै आएको कम्पनीले पछिल्लो पटक नेपाल र भारतका विज्ञहरुको सुझावमा यो औषधी नेपाली बजारमा ल्याएको हो । हालै उत्पादन सुरु गरेको यो औषधी १ महिनाको अवधिमा देशै भरको शहरमा पुरयाउन कम्पनी सफल भएको छ ।
‘हामीले जटिल प्रकारका रोगहरुको ५/७ थरी औषधी उत्पादनमा रिर्सच गरी रहेका थियौ । तर राज्यलाई यो बेला औषधीको खाचो भएकोल पहिलो चरणमा कुनै पनि भाइरस बिरुद्व शरिरमा क्षमता बढाउन सक्ने गरी इमुनो केयर ल्यायौ’ निर्देशक भट्टराईले गोरखा समाचार संग कुरा गर्दै भने । ‘भारत र नेपालमा फरक नामले एकै समयमा औषधी बनाएर बजारमा ल्याएको’ उनले बताए ।
भारतको एक कम्पनी सोही प्रकृतीको औषधी उत्पादन गरी क्वारेन्टाइनमा रहेको ६ हजार ५०० मानिसमा परिक्षण गर्दा उनीहरुमा ३ देखी ७ दिनमा शरिरमा रोग प्रतिरोधात्म क्षमता बढेको र सबैमा कोरोना नेगेटिभ देखिएको थियो । अहिले सेना र प्रहरीमा यो औषधी प्रयोग भई रहेको भारतिय सञ्चार माध्यामले जनाएको छ ।
सोही कम्पनी संग क्वलाब्रेट रहेको गोरखा आयुवैध कम्पनीले पनि इमुनो केयर निकालेर अहिले देशै भरी बिक्रीका लागि पठाएको हो । यो औषधी सेवनले ३ देखी ७ दिनमा कुनै पनि भाइरस संग लड्न सक्ने शरिरमा क्षमता बृद्वि गर्ने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा पाईने यस्तै प्रकृतीको औषधी भन्दा पनि यो औषधी बढी प्रभावकारी र उच्च स्तरको रहेको कम्पनीले दावी गरेको छ । यो औषधी झोर ट्याब्लेट दुवैमा उत्पादन गरिएको छ ।
कम्पनीका अनुसार उत्पादन भएको १ महिनामा नै अहिले यसको माग ह््वात्तै बढेको छ ।



