गोरखा समाचारदाता
काठमाण्डौं – विश्वबैंकले नेपालको लागि १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।
डेभलपमेन्ट इन्भेष्टमेन्ट क्रेडिट योजना अन्तरगत नेपालले यो ऋण पाएको हो ।
कोरोना भाइरसविरुद्धको क्रियाकलाप र नेपालको बिद्युत विकासको लागि बैंकले ऋण रकम स्वीकृत गरेको जनाएको छ ।
यो ऋण सहायताबाट बिद्युत सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रीय व्यापारमा सहयोग पुग्ने बैंकले विश्वास ब्यक्त छ ।
संकटको बेलामा पनि नेपालको बिजुली प्रवाहको अवस्था सुधार हुँदै गएको र यसलाई थप भरपर्दो र दीगो बनाउनको लागि बैंकले ऋण लगानी गरेको बैंकका नेपाल निर्देशक फारिस हजाड जार्भोसले बताए ।
नेपालको ८८ प्रतिशत जनसंख्यामा बिजुली पुगेको र बिजुलीको उत्पादन बढ्दै गएकाले क्षेत्रीय व्यापारका लागि अन्तरदेशीय प्रशारणलाइन बनाउन जरुरी रहेको पनि विश्वबैंकले जनाएको छ ।



