गोरखा समाचारदाता
काठमाण्डौं – एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना भाइरससँग लड्न करिव ३० अर्ब रुपैया ऋण सहायता उपलब्ध गराएको छ ।
सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोरोना संक्रमणका कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणका लागि एडीबीले ऋण सहयोग उपलब्ध गराएको हो ।
सम्झौता पत्रमा आजै अर्थ मन्त्रालय र एडीबीविच सम्झौता भएको छ । ‘कोभिड नाइन्टिन एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर’ सहायता कार्यक्रम अन्तर्गत नेपालले ऋण सहायता पाएको हो ।
सो रकमवाट सरकारले ७ वटा प्रदेशमा कम्तिमा २ लाख क्वारेन्टिन निर्माण र दैनिक ३ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले जनाएको छ ।
गरिब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान लगायतका क्षेत्रमा पनि सो रकम खर्च हुनेछ ।




















