गोरखा समाचारदाता
काठमाण्डौं – आज (सोमबार) थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३०४ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।
संक्रमित हुनेहरुमा रौतहट इशनाथ नगरपालका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरु र रौतहट नगरपालिका ३ निवासी २८ वर्षीया महिला रहेका छन् भने बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















