गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलमा उप बिजेता घोषित भएका छन् ।
आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् रियालिटी सो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन् ।
आज (सोमबार) विहान भएको अमेरिकन आइडलको १८ औं सिजनको फाइनलमा उनी उपविजेता घोषित भएका हुन् ।
आइडलमा उपबिजेता हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् ।
दिवेशले फाइनलमा अमेरिकन रक ब्यान्ड क्रिडेन्स क्लियरवाटर रिभाइभलको ’ह्याब यु एभर सिन द रेन’ गीत गाएका थिए ।
लाइबेरियन मूलकी २१ वर्षकी जस्ट साम बिजेता बनेकी छिन् । उनको वास्तविक नाम भने समान्था डियाज हो ।
काठमाडौंमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । कन्सासको विचिटामा बस्ने दिवेश २ वर्षदेखि संगीतको क्षेत्रमा सक्रिय छन् । उनले सन् २०१९ मा पनि कर्णाली, म, खोज लगायत गीतहरु रेकर्ड गराएका छन् ।


