एजेन्सी – भारत सरकारले पनि लकडाउन लम्बाउने निर्णय गरेको छ ।
नेपाली मिति अनुसार भारतमा अब जेठको १८ गतेसम्म लकडाउन हुने छ ।
भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो । लकडाउनसम्बन्धी निर्देशिका समेत जारी गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि नै गरिसकेका थिए । भारतमा गत चैत १२ गते लकडाउन हुँदै आएको छ ।
भारतमा अहिलेसम्म ९१ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भई सकेका छन् । त्यहाँ ३ हजार २५ जनाले ज्यान गुमाई सकेको भारत सरकारले पुष्टी गरेको छ ।




















