गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना भाइरसका ब्यत्ति दिनदिन बढेको भन्दै लकडाउन लम्बाउने निर्णय भएको छ ।
कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड–१९ को संक्रमबाट दुई जनाको मृत्यु र संक्रमित हुनेको संख्या समेत बढेपछि सरकारले लकडाउने निर्णय गरेको छ । पछिल्लो समय लकडाउनमा झनै कडाई गरिदै आएको छ । एक स्थानीय तहदेखि अर्को स्थानीयमा जान रोक लकाइएकोमा गएको साता देखि एक जिल्लाबाट अर्को जिल्लामा जान समेत रोक लगाइएको छ ।
राजधानी लगायत केही जिल्लाहरुमा समेत लकडाउन कडाइ गरिएको छ । प्रशासनले यसअगाडि जारी गरेको सवारी पास रद्ध गरिएको छ ।


