गोरखा समाचारदाता
काठमाण्डौं – आइतबार नेपालमा थप ३ जना कोरोना संक्रमण देखिएको छ ।
धनकुटा जिल्ला अस्पतालकी नर्स र बिराटनगरमा २ जना गरी ३ जनामा संक्रमण देखिएको पुष्टी भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।
धनकुटा बाहेक विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का १/१ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो ।




















