गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोनाभाइरसबाट दोस्रो ब्यक्तिको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बाँकेमा आइतबार ज्यान गुमाएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमित ब्यक्ति भएको जानकारी दिएका हुन् ।
यसअघि सिन्धुपाल्चोकको बारबिरे माईती भएकी एक महिलाको बिहीबार ज्यान गएको थियो ।
कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । कार्यविधि अनुसार तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीले शवको अन्त्येष्टि गर्ने छ ।
आइतबार बिहान मृत्यु भएका युबक रोजगारीको लागि भारतको मुम्बईमा रहदै आएकोमा लकडाउन संगै उनी वैशाख ३० गते नेपाल आएका थिए । उनी सहित नरैनापुर गाउँपालिकामा रहेको क्वारिन्टीनमा ३८ जना बस्दै आएका छन् ।


