गोरखा समाचारदाता
गोरखा – १७ औं सवालाख रोट महोत्सव सकिएको छ ।
सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा गोरखाको गोरखानाथ मन्दिरमा रोट महोत्सव सुरु भएको थियो । ११ दिन सम्म चलेको महोत्सव आज (आईतबार) सकिएको हो ।
नोबल कोरोना भाइरस (कोडिभ–१९) संक्रमणका कारण देश नै लकडाउनमा भए पछि यस पटकको रोट महोत्सव आन्तरिक रुपमा सञ्चालनमा ल्याईएको केन्द्रका संयोजक रामजी अर्यालले बताए । ‘संक्रमण फैलिन सक्ने भए पछि प्रशासनको स्विकृतीमा बिना तामझम रोट महोत्सव सुरु गरिएको’ उनले बताए ।
विगतमा गोरखा बजार देखी रयाली, बाजागाजा सहित गोरखनाथ मन्दिरमा पुग्ने, भजन कृतन तथा साँस्कृतीक झाकी तथा हबन र बिशेष पुजा गरिने भएता पनि यस पटक भने त्यस्तो कुनै पनि काम नगरिएको केन्द्रले जनाएको छ ।
रोट घरमा नाथ समुदायका २÷३ जना नाथहरुले आज सम्म १ लाख ४० हजार रोट पोलेको छ । विश्व शान्ति, कल्याण र अध्यामिक युग निर्माणका भन्दै केन्द्रले ०६१ साल देखी गोरखनाथ गुफामा सवालाख रोट महोत्सव गर्दै आएको छ ।
केन्द्र सधैको बर्ष विभिन्न क्षेत्रबाट सहयोग लिएर महोत्सव मनाउने गरिएकोमा यस पटक भने केन्द्रकै कोषबाट ८ लाख रुपैयाँ खर्चिएर महोत्सव सम्पन्न गरेको हो ।


