गोरखा समाचारदाता
काठमाण्डौं – भारत सरकारले नेपाललाई ३० हजार पीसिआर टेस्ट किट उपलब्ध गराएको छ ।
भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आज (आईतबार) पीसिआर किट हस्तान्तरण गरेका हो ।
कोरोना संक्रमण नियन्त्रणका लागि सहज होस भन्ने उद्वेश्यका साथ भारतले नेपालको लागि उत्त समाग्री उपलब्ध गराएको जनाएको छ । भारतले पुनाको माइल्याबले उत्पादन गरेको टेस्ट कीटहरु नेपाललाई उपलब्ध गराएको हो ।
यसअघि भारतले सरकारलाई २३ टन औषधि सहयोग गरेको थियो ।


