काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् उर्वशी रौतेला । धेरैजसो नयाँ फिल्म र हट तस्बिरका कारण चर्चामा आइरहने उर्बशी पछिल्लो समय कोरोनाभाइरसका कारण घरमै समय बिताइरहेकी छिन् । कहिले प्रेमका कारण त कहिले काम गरेको पारिश्रमिकका कारण चर्चामा आउने उर्वशी बलिउडकी सफल अभिनेत्रीमा गनिन्छिन् ।
उनका सामाजिक सञ्जालमा शेयर गरेका हरेक तस्विरहरु प्यानहरुले अत्याधिक मन पराउने गर्छन् । केहि समयअघि उनी भारतिय क्रिकेटर हार्दिक पाण्डेसँगको प्रेमका कारण चर्चामा आएकी थिइन् । त्यस्तै उनले काम गरेको पारिश्रमिकका कारण पनि चर्चामा आउने गर्छिन् । भारतिय मिडियाका अनुसार उनले एक गीतमा प्रस्तुती दिएबापत ३ करोड भारु लिने गरेको बताइएको छ ।
आइटम गर्लको उपाधिले चिनिएकी अभिनेत्री उर्वशी रौतेला यतिबेला चर्चामा छिन ! ऋतिक रोसनको फिल्म काबिलको सुपर हीट गीत हसिनोका दिवानामा डान्स गरेर धमाका मच्च्याएकि उर्वशी अहिले हेट स्टोरी ४ का कारण चर्चामा छिन् ! त्यसो त उनि यस भन्दा अघि (सनम रे) फिल्ममा पनि अभिनय गरिसकेकी थिइन् , उनि नयाँ आउने अभिनेत्रीका बारेमा यसो भन्छिन , नयाँ अभिनेत्री फिल्ममा काम गर्छु भनेर आएर मात्रै हुँदैन, आफुमा भएको ट्यालेन्टलाइ चिन्न सक्नु पर्छ ! फिल्ममा अभिनय गर्नु कुनै मजाक होइन ,फिल्ममा आउनु अघि आफ्नो दक्षता र क्षमता चिन्न सक्नु पर्छ ,अभिनय डान्स सिकेर तयारि भएर आउनु पर्छ !
रौतेला आफ्नो हट अवतारका कारण चर्चामा रहन्छिन् । तर, उर्वशीको चर्चा भने भारतीय क्रिकेटरसँगको प्रेमका कारण बढी भैरहेको छ ।भारतीय क्रिकेटर हार्दिक पाण्डे र उर्वशीको प्रेम चर्चा चलेको एक बर्ष बढी भयो । पछिल्लो समयमा त उनीहरु अलग भैसकेको खबर पनि सार्वजनिक भैसकेको छ । यस अघि मात्र एक युटुब च्यानलले उर्वशीले विश्वकप क्रिकेटको टिकटका लागि पूर्व प्रेमी हार्दिकको साथ मागेको खबर सार्वजनिक गरेपछि उनी मिडियासँगै आ-क्रोशित बनेकी छिन् ।
उर्वशीले लेखेकी छिन्–‘म मिडिया र युटुब च्यानलसँग आग्रह गर्न चाहन्छु कि, यस्ता झुटा भिडियो बनाएर दर्शकलाई भ्रममा नपार्नुहोस् । यस्ता खालको खबरले मलाई निकै नै पीडा हुन्छ र मैले मेरो परिवारमा जवाफ दिनुपर्छ । उर्वशीको यो कुराले पनि के वुझ्न सकिन्छ भने उनी अब हार्दिकसँगको कुनै पनि खालको खबर मिडियामा आओस् भन्ने चाहन्नन् ।


